आइतबार चमनपुर सुपर किंग्स र देवीपुर रोयल्स फाइनलमा आमनेसामने हुनेछन् ।
What you should know
रौतहट — चन्द्रपुर मेयर कप लिग टी–२० प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत शनिबार सम्पन्न चन्द्रपुर प्रिमियर लिगमा समनपुर बोल्ट्सलाई ३४ रनले पराजित गरी देवीपुर रोयल्स फाइनलमा प्रवेश गरेको छ ।
आइतबार चमनपुर सुपर किंग्स र देवीपुर रोयल्स फाइनलमा आमनेसामने हुनेछन् ।
चन्द्रपुर–८ स्थित कोटिहोम खेल मैदानमा चन्द्रपुर युवा क्लबले आयोजना गरेको प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको देवीपुरले पहिलो पारीमा १४ चौका र ३ छक्काको मद्दतले ८ विकेटको नोक्सानीमा १ सय ५६ रन बनाएको थियो ।
विशाल सुशलिङले ३९ बल खेलेर शानदार अर्धशतक ५० रन बनाए । विशाल प्लेयर अफ द म्याच घोषित भएका थिए । अर्जुन घर्तीले २६ बलमा ४० रन बनाए । अभिषेक रौनियारले १६ बलमा २१ रन बनाए । मयन यादवले ११ बल खेलेर १७ रन बनाए । दिनेश बोहराले १२ बलमा ११ रन बनाए । रामचन्द्र धामी, कमल गुप्ता र रैयन आलम जिरोमा आउट भए । रियाज आलम र साहिल पटेलले २/२ रन बनाए । ईस्तियाक आलमले ५ बल खेलेर ४ रन बनाए ।
समनपुर बोल्ट्सका अभिराज यादव, नरबहादुर सार्की र सञ्जय साहले २/२ विकेट हात पारे । सुमित श्रेष्ठ र पप्पु यादवले १/१ विकेट लिए ।
१ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको समनपुर बोल्ट्स १८.२ ओभरमा सबै विकेट गुमाइ १ सय २२ रनमा सीमित भयो । ओपनर ब्याट्सम्यान गौरव खड्काले १२ बल खेलेर १३ रन बनाए । टिमको आड भरोसा रहेको गौरव पावर प्ले ओभरमै देवीपुरका रामचन्द्र धामीको हातबाट क्याच आउट भए । उनी क्रिजमा जम्न नसकेपछि टिमले हार बेहोर्नु परेको थियो ।
नरबहादुर सार्कीले ३० बल खेलेर ३१ रन बनाए । अभिराज यादवले १४ बल खेलेर १३ रन बनाए । रेहान जाकिरले ११ बल खेलेर ११ रन बनाए । रवीन्द्र यादवले ११ बल खेलेर १६ रन बनाए । हिमांशु दत्तले ५ बल खेलेर ५ रन बनाए । राकेश कामत ७ बल खेलेर ६ रन बनाए । सञ्जय साह र नविक पटेलले २/२ रन बनाए । पप्पु यादवले १ रन बनाए ।
देवीपुरका रियाज आलम र कमल गुप्ताले ३/३ विकेट हात पारे । रैयन आलमले २ विकेट लिए । विशाल सुशलिङले १ विकेट लिएका थिए ।
