डेसिमल कलेजका साजन राठोर ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
पर्सा — वीरगन्जमा जारी नेसनल इन्फोटेक अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा डेसिमल कलेजले ओम नेसनल एकेडेमीलाई ९ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको ओम नेसनलले निर्धारित ५ ओभरको खेलमा तिन विकेटको क्षतिमा ३३ रनको योगफल तयार पार्यो । हुस्सुको कारण खेल सञ्चालन गर्न कठिनाइ भएपछि खेल पाँच ओभरमा सीमित गरिएको थियो ।
ओमका लागि शेख शोहेल अख्तरले सर्वाधिक २० रनको योगदान गरे । पाँच ओभर खेलेर ओम नेसनलले तीन विकेटको क्षतिमा ३३ रनको योगफल तयार पर्यो । बलिङतर्फ डेसिमलका लागि साजन राठोर, साहदत अलिले १/१ विकेट लिए ।
जवाफमा खेल्दा डेसिमल कलेजले तीन ओभर दुई बलमा एक विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टायो । उसका साजन राठोर अविजित रहँदै सर्वाधिक २४ रनको योगदान गरे । ओम नेसनलका दीपककुमार पटेलले १ विकेट लिए । डेसिमलका साजन राठोर ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
