प्रतियोगितामा सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १२ र सिनियर गर्ल्समा ८ टिमले भाग लिने छन् ।
काठमाडौँ — केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता पुस २७ देखि गर्ने भएको छ ।
प्रतियोगितामा ३ विधामा ३६ टिमको सहभागिता रहने केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले जनाएका छन् । सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १२ र सिनियर गर्ल्समा ८ टिमले भाग लिने छन् ।
सिनियर/जुनियर ब्वाइजलाई चार र सिनियर गर्ल्सलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।
सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा कश्यप र गर्ल्समा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् । माघ ३ सम्म चल्ने प्रतियोगिताका खेल बुद्धनगरस्थित आयोजककै कोर्ट खेलाइने छ ।
