आर्मी र दिल्लीको जित

प्रतियोगितामा २ सय १ रनको लक्ष्य पछ्याएको तलतला १९.४ ओभरमा १ सय ९१ रनमै अलआउट भएपछि आर्मीले जित पाएको हो । ४ खेलमा ३ जित निकाल्दै आर्मी शीर्षस्थानमा उक्लिएको छ ।

पुस १०, २०८२

राजु चौधरी

Army and Delhi win

What you should know

चितवन — तृतराज दासको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले इन्डो–नेपाल टी–२० च्याम्पियनसिपमा भारतको तलतला इन्स्टिच्युटविरुद्ध ९ रनको रोमाञ्चक जित पाएको छ । 

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा २ सय १ रनको लक्ष्य पछ्याएको तलतला १९.४ ओभरमा १ सय ९१ रनमै अलआउट भएपछि आर्मीले जित पाएको हो । ४ खेलमा ३ जित निकाल्दै आर्मी शीर्षस्थानमा उक्लिएको छ । 

तलतलाबाट निखिल रावले ३७ बलमा ७ छक्का र ६ चौका प्रहार गर्दै ७७ रनको इनिङ्स खेले । उनी तृतराजको बलमा क्याच आउट भएपछि आर्मी खेलमा फर्किएको थियो । अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक छँदा आदित्य पाण्डे दोस्रो बलमा नरेन साउदबाट ४७ रनमा कट एन्ड बोल्ड आउट भएपछि आर्मीको जित सुनिश्चित बनेको थियो ।

आदित्यले ५ छक्का र २ चौका प्रहार गरे भने चक्रधार द्विवेदी २४ र प्रशान्त श्रीवास्तवले १३ रनको योगदान दिए । आर्मीबाट आकाश चन्दले ४ ओभरमा ३५ रन खर्चिंदै ४ विकेट लिए भने तृतराजले ३, नरेन साउदले २ र सन्तोष यादवले १ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले ८ विकेट गुमाई २ सय बनाएको थियो । सन्तोष कार्कीले ४ छक्का र १ चौकाको सहयोगमा ४६, तृतराजले ४ छक्का र २ छक्काबाट ४३, सन्तोष यादवले ५ चौका र २ छक्का प्रहार गर्दै ४२, पवन कार्कीले २ चौका र २ छक्का प्रहार गर्दै ३१ रनको योगदान दिएका थिए । तलतलाका आदित्य चित्रान्सले ४ ओभरमा २२ रन खर्चिंदै ४ विकेट र शिव कुमारले १७ रन खर्चिदै २ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका तृतराज प्लेयर अफ द म्याच घोषित भए । हारसँगै तलतला अंकविहीन हुँदै पुछारमा यथावत छ । 

बुधबार अर्को खेलमा भारतको दिल्ली वन्डर्सले घरेलु टोली चितवन क्रिकेट क्लबमाथि ३० रनको जित पायो । १४३ रनको लक्ष्य पछ्याएको चितवन १५.३ ओभरमा १ सय १२ रनमै समेटिएपछि दिल्लीले दोस्रो जित दर्ता गरेको हो । गौतम केसीले सर्वाधिक २५ बलमा ४० रनको योगदान दिए । उनले ३ छक्का र ३ चौका प्रहार गरे । दीपेश श्रेष्ठले २१, दीपेश कँडेलले १७ र रोशन झाले १३ रन बनाए । 

चितवनलाई सस्तैमा समेट्न दिल्लीका हर्षित सेठ्ठीले ३.३ ओभरमा २९ खर्चिंदै ५ विकेट लिए । दुश्यान्त राघभले २, विवेक धामी र तरुण विष्टले १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको दिल्ली वन्डर्सले ८ विकेट क्षतिमा १ सय ४२ रन बनाएको थियो ।

विशाल पाण्डेले ५३, दुश्यान्त राघभले २२ र हर्षित सेठ्ठीले २० रनको योगदान दिए । चितवनका दीपेश कँडेलले ३, गौतम केसीले २, विपिन खत्री, नरेश प्रधान र शुभ कंशाकरले १–१ विकेट लिए । ५ विकेट लिएका हर्षितले प्लेयर अफ द म्याच घोषित भए । यो जितले दिल्लीको प्लेअफ पुग्ने सम्भावना जीवितै छ । दिल्ली ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully