पुम्सेमा रोजेन प्रजापति र मुविक्क्षा गजुरेलले स्वर्ण तथा वितिशा तामाङले रजत जितेको डोजाङका प्रमुख राजेश प्रजापतिले जनाएका छन् ।
काठमाडौँ — जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले भारतको कोलकातामा भएको नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेका छन् ।
पुम्सेमा रोजेन प्रजापति र मुविक्क्षा गजुरेलले स्वर्ण तथा वितिशा तामाङले रजत जितेको डोजाङका प्रमुख राजेश प्रजापतिले जनाएका छन् । ग्यारोगीमा अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्घामगर, अनमोल थापा मगर, सुप्रिया जोशी, राजीव गुरुङ र मुविक्क्षा गजुरेलले स्वर्ण तथा राहुलहाङ लिम्बूले कांस्य जितेका थिए ।
प्रतियोगितामा अन्जित राई टिम प्रशिक्षक तथा भरत कारन्जित र सञ्जयध्वज जोशी अफिसियल थिए । प्रतियोगिता भारतको कोलकातास्थित विश्व बंगला कन्भेन्सन सेन्टरमा डिसेम्बर २१ देखि २३ सम्म भएको थियो ।
