चन्द्रपुर मेयर कप क्रिकेट : चमनपुर सुपर किंग्स विजयी

प्रतियोगिताको प्लेयर अफ द म्याच घोषित भएका राजेश यादवले १४ बलमा अविजित २२ रन बनाए ।

पुस ९, २०८२

शिव पुरी

Chandrapur Mayor's Cup Cricket: Chamanpur Super Kings win

What you should know

रौतहट — चमनपुर सुपर किंग्सले चन्द्रपुर मेयर कप लिग टी–२० प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत बुधबार सम्पन्न चन्द्रपुर प्रिमियर लिगमा देवीपुर रोयल्सलाई १४ रनले पराजित गरेको छ ।

चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको चमनपुर सुपर किंग्सका नवीनकुमार यादव २४ बल बलमा अविजित ३२ रन बनाए । प्रज्वल थापाले ३९ बलमा ३५ रन बनाए । प्रतियोगिताको प्लेयर अफ द म्याच घोषित भएका राजेश यादवले १४ बलमा अविजित २२ रन बनाए । एमडी समिरले १९ बलमा १७ रन बनाए ।

अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । चमनपुर सुपर किंग्सले ८ चौका र ७ छक्काको मद्दतले ६ विकेटको नोक्सानमा १३६ रन बनाएका थिए । देवीपुर रोयल्सका निखिल सिहले ३ विकेट लिए । विशाल सुशलिङ, कमल गुप्ता र रैयन आलमले १/१ विकेट लिएका थिए । 

१३६ रनको लक्ष्य पाएको देवीपुर रोयल्सले पूरा ओभर खेलेर ८ विकेटको नोक्सानीमा ११ चौका ४ छक्काको मद्दतले १२२ रन मात्र बनाएको छ । अघिल्लो म्याचमा धमाकेदार ब्याटिङ गरेको देवीपुरले तीन ओभरमै तीन विकेट गुमाएको थियो । देवीपुरका अर्जुन घिमिरेले ३७ बल खेलेर शानदार ५२ रन बनाए । उनी बाहेक अन्य खेलाडी जम्न सकेनन् । निखिल सिंहले १४ बल खेलेर १९ रन बनाए । ईस्तियाक आलमले १७ बल खेलेर १४ रन बनाए । रामचन्द्र धामीले २५ बल खेलेर १५ रन बनाए । मयन यादवले ७ बल खेलेर १० रन बनाएका थिए । चमनपुर सुपर किंग्सका विशाल पटेल, राजेश यादव र एमडी समिरले २/२ विकेट लिए । अभिषेक तिवारी र रंजित कुमारले १/१ विकेट लिएका थिए । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully