थन्डर बोल्ट्स कप : टेनिसमा जेम्स हाबी

प्रतियोगितामा उत्कृष्ट सम्भावना देखाएका जेम्सका मुस्कान भट्ट, प्रेशा कंशाकार, अक्सा निरौला र वशिष्ठराज शाहीलाई ‘इमर्जिङ एथलिट’ बाट पुरस्कृत गरियो

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Thunder Bolts Cup: James Hobby in tennis

What you should know

काठमाडौँ — तेस्रो जेम्स थन्डर बोल्ट्स कपमा टेनिसतर्फ मंगलबार यू–१२ छात्र एकलमा आयोजक जेम्सका रोनिथ प्रधानले स्वर्ण जितेका छन् । रोनिथले आफ्नै स्कुलकै आरोनराज श्रेष्ठ हराएका थिए ।

यू–१२ छात्रा एकल विधामा गोदावरी रेसिडेन्सियलकी काव्या थापा मगर विजेता भइन् । उनले जेम्सकी परिधि घिमिरे थापालाई हराइन् । जेम्सका बेला योन्जन श्रेष्ठ र रोबिया महरा संयुक्त तेस्रो स्थानमा रहे ।

यु–१४ छात्रा एकलतर्फ जेम्सकी सायना आचार्यले विजेता भइन् । जेम्सकै निधि न्यौपाने दोस्रो हुँदा जेसिका महर्जन र पूर्णिमा अधिकारी संयुक्त तेस्रो स्थानमा रहे ।

यू–१८ छात्रा एकलमा जेम्सकी निभा श्रेष्ठले आफ्नै स्कुलकी अनुष्का पुनलाई हराएर स्वर्ण जितिन् । जेम्सका सोफिया रानाभाट र लोजिना थापा मगर संयुक्त तेस्रो भए ।

यू–१८ छात्र एकल विधातर्फ गोदावरी रेसिडेन्सियलका सन्दीप जिसीले जेम्सका शाश्वत केसीलाई हराएर पहिलो स्थान हात पारे । जेम्सकै ब्रज जोशी र तनिश लामा संयुक्त तेस्रो स्थानमा रहे ।

प्रतियोगितामा उत्कृष्ट सम्भावना देखाएका जेम्सका मुस्कान भट्ट, प्रेशा कंशाकार, अक्सा निरौला र वशिष्ठराज शाहीलाई ‘इमर्जिङ एथलिट’ बाट पुरस्कृत गरियो ।

फुटबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा यू–१२ छात्रतर्फ डीएभी स्कुलले पाठशाला फाउन्डेसनलाई पेनाल्टीमा ३–१ को जित निकाल्दै स्थान सुरक्षित गर्‍यो ।

यू–१६ छात्रतर्फ भीएस निकेतनले पाठशाला फाउन्डेसनलाई २–० ले पराजित गरी तेस्रो स्थान हासिल गर्‍यो ।

बास्केटबलतर्फ यू–१६ छात्र तर्फ एलआरआईले रातो बंगलालाई ४१–३२ स्कोरले र यू–१८ छात्रा विधातर्फ जेभियर कलेजले ब्लुवर्ड कलेजलाई ३०–२४ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गरे ।

यु–१८ छात्र विधातर्फ गोल्डेनगेटले सेन्ट जेभियर्समाथि ५५–४४ को जित दर्ता गर्दै तेस्रो स्थान प्राप्त गर्‍यो । प्रतियोगिता बुधबार सकिनेछ ।

कान्तिपुर

Link copied successfully