नेपोलीले जित्यो इटालियन सुपरकप

साउदी अरेबियाको रियादमा भएको फाइनलमा ब्राजिली विन्गर नेरेसले ३९ औं मिनेटमा पहिलो गोल गरे ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Napoli wins Italian Super Cup

काठमाडौँ — डाभिड नेरेसले गरेको दुई गोलको मदतले नेपोलीले सोमबार बोलोग्नालाई २–० ले पराजित गर्दै इटालियन सुपरकप जितेको छ । 

साउदी अरेबियाको रियादमा भएको फाइनलमा ब्राजिली विन्गर नेरेसले ३९ औं मिनेटमा पहिलो गोल गरे ।

त्यसपछि ५७ औं मिनेटमा दोस्रो गोल थपे । नेरेसले एसी मिलानविरुद्ध सेमिफाइनलमा प्राप्त जितमा पनि गोल गरेका थिए ।

इटालियन लिग च्याम्पियन रहेको नेपोलीले इटालियन सुपरकप जितेको भने यो तेस्रो पल्ट हो ।

यसअघि उसले यो उपाधि सन् १९९० र २०१४ मा जितेको थियो । अब नेपोलीले सिरी ए को आइतबार हुने खेलमा क्रेमोन्सेको सामना गर्नेछ ।

कान्तिपुर

Link copied successfully