भ्याली पब्लिक बास्केटबल च्याम्पियन

भ्यालीकी लोरिसा गौचनले ४६ स्कोर जोडिन् । उनी मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन् ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Valley Public Basketball Champion

काठमाडौँ — भ्याली पब्लिकले सेनेका यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिक अपराजित रहँदै च्याम्पियन बन्यो । भ्याली पब्लिकले सबै १२ खेल जितेको हो ।

घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ६४–४३ ले पराजित गर्‍यो । भ्यालीकी लोरिसा गौचनले ४६ स्कोर जोडिन् । उनी मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन् ।

सेनेका एडुकेसन कन्सल्टेन्सीद्वारा आयोजित प्रतियोगितामा भ्याली पब्लिक र साइपालसहित ६ टिम सहभागी थिए । गोल्डेनगेट कलेज, बलर्स एकेडेमी, नितेन मेमोरिय स्कुल (निम्स) र चेल्सी कलेज थिए ।

विजेतालाई पूर्व राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङ्तान, सेनेकाकी उमा खड्कालगायतले पुरस्कृत गरे ।  

कान्तिपुर

Link copied successfully