दोस्रो खेलमा घोडदेवी राईडर्सले दुर्गा भगतवी वारियर्सलाई ८९ रनले हराएको छ ।
What you should know
रौतहट — चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा चन्द्रपुर मेयर कप लिग ट्वान्टी–२० प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत सोमबार सम्पन्न चन्द्रपुर प्रिमियर लिगमा समनपुर बोल्ट्सले नेपाल तराई सिटी बेरोजगार टिमलाई ५ विकेटले पराजित गरेको छ ।
दोस्रो खेलमा घोडदेवी राइडर्सले दुर्गा भगतवी वारियर्सलाई ८९ रनले हराएको छ ।
नेपाल तराई सिटी बेरोजगार टिमले टस जितेर ब्याटिङ रोजेको थियो । नेपाल तराई सिटीले १९.५ ओभर खेलेर सबै विकेट गुमाई १३ चौका २ छक्काका मद्दतले ११० रन बनाएको थियो । जितेस मण्डलले २४ बल खेलेर ३२ रन बनाएका थिए । अर्का खेलाडी सचिन यादवले ४० बल खेलेर २८ रन बनाए । सन्नी साहले १६ बल खेलेर १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । समनपर बोल्ट्सका नितेश यादव, फिरदोश अन्सारी, सुमी श्रेष्ठ र अभिराज यादवले २/२ विकेट हात पारे । पप्पु यादवले १ विकेट लिए ।
१११ रनको लक्ष्य पाएको समनपुर बोल्ट्सले १९.४ ओभर खेलेर ५ विकेटको नोक्सानीमा ९ चौका ४ छक्काको मद्दतले ११३ रन बनाई जित हासिल गरेको थियो । समनपुर बोल्ट्सका सुमति श्रेष्ठले ४६ बल खेलेर ४५ रन बनाएका थिए । गौरव खड्काले ४२ बल खेलेर ४१ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन बनाएनन् । नेपाल तराई सिटीका मनसुन सिंहले २ विकेट लिए । दयानन्द मण्डल, सतिश यादव र ईशान पाण्डेले १/१ विकेट हात पारे । खेलमा म्यान आफ द म्याच समनपुर बोल्ट्सका सुमित श्रेष्ठ भए । उनले ४६ बलमा ४५ रन बनाएका थिए ।
घोडदेवी राइडर्स र दुर्गाभवगती वारियर्स बीचको दोस्रो खेलमा घोडदेवी राइडर्सले टस जितेर ब्याटिङ रोजेको थियो । घोडदेवीले पूरा ओभर खेलेर १३ चौका ५ छक्काको मद्दतले १५२ रनको स्कोर खडा गरेको थियो । घोडदेवीका खेलाडी राहुल यादवले १८ बल खेलेर ३० रन बनाए । अर्का खेलाडी परिमार्जन यादवले २१ बल खेलेर २७ रन बनाएका थिए । अनिल लामिछानेले १७ बल खेलेर १६ रन बनाए । विजय गुप्ताले २० बल खेलेर १५ रन बनाए । दीपक डुम्रेले १२ बल खेलेर १९ रन बनाए । राजिव सदाले ७ बल खेलेर १० रन बनाएका थिए । दुर्गा भगवती वारियर्सका पिन्टु यादव, सत्यम सिंह र विवेक दासले २/२ विकेट लिए । आरभ राम, डब्लु मलिक र दरोजा साहले १/१ विकेट हात पारे ।
१५३ रनको लक्ष्य पाएको दुर्गा भगवतीले ११.५ ओभर मात्र खेलेर सबै विकेट गुमाई ६३ रन बनाएको थियो । दुर्गा भगवतीका रोशन साहले १६ बल खेलेर २० रन बनाएका थिए । दोहोरो अंको रन बनाउने उनी मात्र थिए । अर्का खेलाडी एस गुप्ताले ७ बल खेलेर ९ रन बनाए । कमलेश दासले ७ बल खेलेर ७ रन बनाए । दरोजा साहले ९ बल खेलेर ५, डब्लु मलिकले ४ बल खेलेर ४, सत्यम सिंहले ४ बलमा ४, निखिल पाण्डेले १३ बलमा ३ रन बनाएका थिए । अरसद आलम, पिन्टु यादव र आरभ राम जिरोमा आउट भए । घोडदेवीका अभय यादवले ४ विकेट हात पारे । राहुल यादवले ३ विकेट लिएका थिए । राजिव सदा र दीपक डुम्रेले १/१ विकेट लिए । खेलमा घोडदेवीका राहुल यादव प्लेयर अफ द म्याच घोषित भएका थिए ।
