क्रिकेटर हेमन्त बिजको ब्रान्ड एम्बासडर

तीन वर्षका लागि सहकार्य गरिएको भए पनि प्रत्येक वर्ष आपसी सहमतिमा पुनः सम्झौता गरिने बिज एजुकेसनले जनाएको छ ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Cricketer Hemant Bij's brand ambassador

काठमाडौँ — नेपाली क्रिकेटर हेमन्त धामी बिज एजुकेसनको ब्रान्ड एम्बासडर बनेका छन् ।

तीन वर्षका लागि सहकार्य गरिएको भए पनि प्रत्येक वर्ष आपसी सहमतिमा पुनः सम्झौता गरिने बिज एजुकेसनले जनाएको छ ।

सम्झौतामा बिज एजुकेसनका प्रबन्ध निर्देशक हरि कार्की र खेलाडी हेमन्तले हस्ताक्षर गरे । बिज एजुकेसनले यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई युवाको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनका लागि भएको जनाएको छ ।

नेपाली यू–१९ टोलीको कप्तानी गरेका हेमन्तले पछिल्लो समय राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् । उनीसम्मिलित सुदूरपश्चिम रोयल्स एनपीएलमा उपविजेता बनेको थियो । हेमन्तले बिज एजुकेसनप्रति आभार व्यक्त गर्दै शिक्षामात्र होइन, खेलकुद र युवाको समग्र भविष्यमा लगानी गरिरहेको संस्थासँग आबद्ध हुन पाउँदा आफूलाई गर्व लागेको बताए ।

बिज एजुकेसनका संस्थापकसमेत रहेका कार्कीले नेपालमा क्रिकेटको तीव्रतर विकास भएको बताउँदै खेलाडीहरूप्रति प्रशंसा गरे । बिज एजुकेसनले यसअघि नै हास्य कलाकार जितु नेपाल, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह र ब्याडमिन्टन खेलाडी स्वरलिन श्रेष्ठलाई ब्रान्ड एम्बासडरका रूपमा प्रस्तुत गरिसकेको छ ।

कान्तिपुर

Link copied successfully