ब्लुबर्ड कलेज च्याम्पियन

व्यक्तिगत विधातर्फ जेम्स स्कुलका स्वयम् श्रेष्ठ सर्वाधिक गोलकर्ता बने भने ब्लुबर्डका निशान विष्ट उत्कृष्ट गोलरक्षक र सुजन तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Bluebird College Champion

काठमाडौँ — तेस्रो थन्डर बोल्ट्स कपमा सोमबार यू–१८ फुटसल छात्रतर्फको फाइनलमा ब्लुबर्ड कलेजले रिब्सलाई ५–१ गोलले पराजित गर्दै उपाधि जितेको छ ।

व्यक्तिगत विधातर्फ जेम्स स्कुलका स्वयम् श्रेष्ठ सर्वाधिक गोलकर्ता बने भने ब्लुबर्डका निशान विष्ट उत्कृष्ट गोलरक्षक र सुजन तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

बास्केटबलको यू–१६ छात्रतर्फ सेमिफाइनलमा रातो बंगलाले मातृभूमिलाई ४८–२५ स्कोरले पराजित गर्‍यो भने अर्को खेलमा जेम्सले एमआरआई स्कुलमाथि जित दर्ता गर्‍यो ।

त्यस्तै, यू–१८ छात्रातर्फ गोल्डेनगेट कलेजले ब्लुवर्डलाई ३१–२७ ले र जेम्सले जेभियर कलेजलाई ४०–१४ स्कोरले पराजित गरे ।

यू–१८ छात्र विधातर्फ मनासलुले गोल्डेनगेट कलेजलाई ५०–४६ ले र जेभियर कलेजले सेन्ट जेभियर्सलाई ७९–४९ स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । थन्डर बोल्ट्स कप जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा भइरहेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully