रोनाल्डोको रेकर्डमा एमबापेको बराबरी

सन् २०१३ मा क्रिस्टियानो रोनाल्डोले गरेको ५९ गोलको कीर्तिमानमा एमबापेले बराबरी गरेका हुन् ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Mbappe equals Ronaldo's record

काठमाडौँ — केयलिन एमबापेले एक वर्षमा क्लबका लागि गरेको सर्वााधिक गोलको कीर्तिमान बराबर गरेपछि रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा सेभियालाई २–० ले पराजित गरेको छ ।

त्यसमा एक गोल जुड बेलिंघमको नाममा रह्यो । एमबापेले भने सन् २०१३ मा क्रिस्टियानो रोनाल्डोले गरेको ५९ गोलको कीर्तिमान बराबरी गरेका हुन् ।

यो जितपछि रियलको ४२ अंक भएको छ र दोस्रोमा छ । यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो । सबै खाले प्रतियोगितामा रियलको यो लगातार तेस्रो जित हो र यसले टिमलाई ठूलो राहत दिएको छ ।

शनिबारका अन्य खेलमा ओसासुनाले एलाभेसलाई ३–० ले हरायो भने लेभान्टेले रियल सोसिडाडसँग १–१ को बराबरी खेल्यो । रियल ओभिएडो र सेल्टा भिगोबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो । 

कान्तिपुर संवाददाता

Link copied successfully