तेक्वान्दो र जुडोमा जेम्सलाई सफलता

जुडोमा प्राप्त नतिजापछि अंकको आधारमा छात्रतर्फ जेम्स स्कुल पहिलो, बाल विकास दोस्रो र हार्दिक एकेडेमी तेस्रो स्थान हात पार्न सफल भए ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

James' success in taekwondo and judo

काठमाडौँ — तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत जुडो र तेक्वान्दोको प्रतिस्पर्धा आइतबार सकिएको छ ।

तेक्वान्दोमा विभिन्न केजी तौल समूहको नतिजाका आधारमा छात्रातर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन स्कुल द्वितीय र जुपिटर स्कुल तृतीय भएका छन् भने छात्रतर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन द्वितीय र पुष्पाञ्जली स्कुल तृतीय भएका छन् ।

जेम्स स्कुलका श्लोक सुबेदी र जुपिटरकी रिकिशा लो उत्कृष्ट फाइटर भए ।

जुडोमा प्राप्त नतिजापछि अंकको आधारमा छात्रतर्फ जेम्स  स्कुल पहिलो, बाल विकास दोस्रो र हार्दिक एकेडेमी तेस्रो स्थान हात पार्न सफल भए । छात्रातर्फ बाल विकास पहिलो, जेम्स दोस्रो र नेपाल युवक स्कुलले तेस्रो स्थान हात पारे। 

बाल विकासकी अलिशा र जेम्स स्कुलका आर्यन खड्का उत्कृष्ट खेलाडी भए ।

देशभरका एक सय सात विद्यालयका ३५ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको बृहत विद्यालय खेलकुद पुस ९ मा सकिने आयोजक जेम्सले जनाएको छ ।

कान्तिपुर

Link copied successfully