चन्द्रपुर मेयर कप क्रिकेट : देवीपुर रोयल्स विजयी

देवीपुर रोयल्सका अर्जुन घर्ती प्लेयर अफ द म्याच घोषित भए । उनले ३५ बलमा ६० रन बनाएका थिए ।

पुस ६, २०८२

शिव पुरी

Chandrapur Mayor's Cup Cricket: Devipur Royals win

What you should know

रौतहट — चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा चन्द्रपुर मेयर कप लिग ट्वान्टी–२० प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत आइतबार सम्पन्न चन्द्रपुर प्रिमियर लिगमा देवीपुर रोयल्सले अपन कटहरियालाई ८ विकेटले पराजित गरेको छ ।

अपन कटहरियाले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । अपन रोयल्सका खेलाडी टिमका शुभ कंसाकारले ३८ बल खेलेर ५३ रन बनाएका थिए । अर्का खेलाडी दिपु साहले १५ बल खेलेर १५ रन बनाए । रनेश साहले १९ बल खेलेर १६ रन बनाए । अनिलकुमार साहले ५ बल खेलेर १२ रन बनाए । पवन सराफले ५ बल खेलेर ६ रन बनाए । अरनिक यादवले ६ बल खेलेर ६ रन बनाएका थिए । अभिराज पटेलले १२ बल खेलेर ७ रन बनाए । शुभ, पवन, अनिल र अरनि एनपीएल खेलेकाहरु हुन् । पूरा ओभर खेलेर अपन कटहरियाले ७ विकेटको नोक्सानीमा १३ चौका र ४ छक्काको मद्दतले १३९ रन बनाएको थियो । जसमा अपन कटहरियाले १६ अतिरिक्त रन पाएको छ । देवीपुर रोयल्सका निखिल सिंह र कमल गौतमले २/२ विकेट लिए । रियाज आलम, रैयन आलम र विशाल शुसलिङले १/१ विकेट लिए । 

१४० रनको लक्ष्य पाएको देवीपुर रोयल्सले १६.३ ओभरमा ११ चौका र ८ छक्काको मद्दतले १४३ रन बनाई जित हासिल गर्‍यो । देवीपुर रोयल्सका अर्जुन घर्तीले नट आउट ३५ बल खेलेर ६० रन बनाए । उनकै उत्कृष्ट ब्याटिङका कारण टिमले जित हात पारेको हो । अर्का खेलाडी साहिल पटेलले ३३ बल खेलेर ४१ रन बनाए । मयन यादवले १५ बल खेलेर २६ रन बनाए । निखिल सिंहले ७ बलमा ३ र रामचन्द्र धामीले ८ बलमा ११ रन बनाएका थिए । अपन कटहरियाका अनिल साह र विराट यादवले १/१ विकेट लिएका थिए । देवीपुर रोयल्सका अर्जुन घर्ती प्लेयर अफ द म्याच घोषित भए । उनले ३५ बलमा ६० रन बनाएका थिए ।   

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully