तेस्रो थन्डर बोल्ट्स कप : टेबलटेनिसको छात्रातर्फ इशारा च्याम्पियन

क्रिकेट यु–१२ क्रिकेटको उपाधि न्यु एराले जित्यो । न्यु एराले जेम्स स्कुललाई ५ रनले हरायो । बास्केटबलतर्फ यू–१६ छात्रतर्फ मातृभूमि, रातो बंगला, जेम्स र एलआरआई सेमिफाइनलमा पुगेका छन् ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Third Thunder Bolts Cup: Table Tennis Champion in the spotlight

What you should know

काठमाडौँ — तेस्रो थन्डर बोल्ट्स कपअन्तर्गत शनिबार यू–१६ छात्रा फुटसलमा एभीएम स्कुलले पुष्पाञ्जली स्कुललाई ३–० ले पराजित गर्दै स्वर्ण पदक जितेको छ ।

क्रिकेट यु–१२ क्रिकेटको उपाधि न्यु एराले जित्यो । न्यु एराले जेम्स स्कुललाई ५ रनले हरायो । बास्केटबलतर्फ यू–१६ छात्रतर्फ  मातृभूमि, रातो बंगला, जेम्स र एलआरआई सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाइनलमा मातृभूमिले डीएभीमाथि ५४–१५ र जेम्सले लर्डस लाइट एकेडेमीलाई ३१–२७ स्कोरले पराजित गरे ।

यू–१८ छात्रा क्वाटरफाइनलमा गोल्डेनगेट कलेजले भ्याली पब्लिक स्कुललाई २७–२४ ले, जेभियर कलेजले इम्पेरियल कलेजलाई २८–६ स्कोरले हराएर सेमिफाइनल तय गरेका छन् । ब्लुवर्ड कलेज र जेम्स स्कुल पनि अन्तिम चार पुगेका छन् ।

टेबलटेनिसअन्तर्गत यू–१२ छात्रा एकलतर्फ एभीएमकी इशारा शाक्य विजेता भइन् । एभीएमकै एन्जिला क्षेत्री दोस्रो भइन् भने आरम्भ संस्कारकी प्रज्ञा महर्जन र एभीएमकी काव्या शाक्य संयुक्त तेस्रो स्थानमा रहे ।

यू–१२ छात्र एकलतर्फ डीएभीका रिभानमुनि बज्राचार्य प्रथम, एभीएमका आरभ मल्ल दोस्रो तथा डीएभीका आयांशु शर्मा रेग्मी र एभीएमका शिरीष शाक्य संयुक्त तेस्रो भए ।

यू–१५ छात्रा एकलतर्फ सेन्ट मेरिजकी सुरम्य शाक्य प्रथम, फ्युचर स्टारकी इरभिन महर्जन दोस्रो तथा एभीएमकी अर्सना महर्जन र लिटिल एन्जल्सकी पामिला जोशी संयुक्त तेस्रो स्थानमा रहे ।

यू–१५ छात्र एकलतर्फ भासरा सेकेन्डरीका रिजन शाक्य प्रथम, आरम्भ संस्कारका निश्छल थापा दोस्रो तथा न्यु होराइजन बुटवलका सुविन क्षेत्री र एभरेस्ट बोर्डिङका आर्यन शाही संयुक्त तेस्रो भए ।

यू–१८ छात्रा एकलतर्फ जेम्सकी नर्मदा खाइतु प्रथम, ग्लोरियाकी महिमा महतो दोस्रो तथा काव्याकी कृतिका न्यौपाने र एभीएमकी श्रेया शाक्य संयुक्त तेस्रो भए । यू–१८ छात्र एकलतर्फ भने एभीएमका प्रजिल भट्टराई प्रथम, जयस्नु महर्जन दोस्रो तथा ख्वपः स्कुलका युनिश सुवाल र समृद्धिका सार्थक मानन्धर संयुक्त तेस्रो भए ।

आर्चरी (सोकेस) च्याम्पियनसिपमा छात्रा एकलतर्फ जेम्सकी सानिया आचार्यले स्वर्ण, सुप्रिया अर्यालले रजत तथा सेलिब्रेसन को–एडकी रिदिमा श्रेष्ठले कांस्य जितिन् ।

छात्र एकलतर्फ सेलिब्रेसन को–एडका नोलन पाण्डेले स्वर्ण, जेम्सका आविष्कार आचार्यले रजत र जेम्सकै अरिन पराजुलीले कांस्य जिते ।

भलिबलको यू–१८ छात्रातर्फ सेमिफाइनलमा सेन्ट लरेन्सले इम्पेरियल कलेज तथा माउन्ट ओलिभले जेम्स स्कुललाई हराएर फाइनलमा स्थान बनाए । छात्रतर्फ सेमिफाइनलमा भने सेन्ट लरेन्स स्कुलले माउन्ट ओलिभ र मोलिसले ब्लुबर्ड कलेजलाई हराएर फाइनलमा सुरक्षित गर्‍यो ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेवापत गोल्डेन सिद्धार्थ एकेडेमीका मिराज तामाङ, रातो बंगलाका सहर्ष श्रेष्ठ, केएमसी स्कुलका शिवम दास, कान्जिरोवाका अभिनव रिमाल, बृहस्पति विद्यासदनका शिवांश कार्की तथा गोदावरी रेसिडेन्सियलका अविनित खनाललाई उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरियो ।

कान्तिपुर संवाददाता

Link copied successfully