अन्तर स्कुल क्रिकेट : आदर्श र सरस्वती क्वाटरफाइनलमा

शनिबार भएको पहिलो खेलमा आदर्श स्कुलले गौतमबुद्ध स्कुललाई ६१ रनले पराजित गरेको हो ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Inter-school cricket: Adarsh ​​and Saraswati advance to quarterfinals

विराटनगर — नेपाल क्रिकेट फाएन्डेसनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सुरु चौथो विराटनगर हब अन्तर स्कुल त्रिकेट प्रतियोगितामा आदर्श स्कुल र सरस्वती स्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको पहिलो खेलमा आदर्श स्कुलले गौतम बुद्ध स्कुललाई ६१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ५२ रनको योगफल तयार पारेको थियो । आदर्शका आतिफ रैनले  ३७ रनको योगदान दिए । गौतमबुद्धका सिद्धार्थ राजवंशीले ३ विकेट लिँदा कोशीक साहले पनि ३ विकेट लिए ।

जवाफमा १ सय ५३ रनको लक्ष पछ्याएको गौतमबुद्धले १७ दशमलव ५ बलमा सबै विकेटको क्षतिमा ९१ रनमा समेटियो । गौतम बुद्धका सिद्धार्थ राजवंशीले सर्वाधिक २८ रनको योगदान दिए । आदर्शका प्लेयर अफ म्याच गोरभ रायले ४ विकेट लिँदा नन्दन झाले ३ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले विनायक स्कुललाई ८ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाई ४२ रनको झिनो योगफल तयार पार्‍यो । जसलाई सरस्वतीले २ विकेटको क्षति व्यहोर्दै ७ ओभरमा लक्ष्य पूरा गर्‍यो । 

विनायकका अमन पोद्दारले सर्वाधिक १३ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच  दिगाम्बर यादवले सर्वाधक ४ विकेट लिए ।

सरस्वतीका विकाश कामतले अविजित १६ रनको योगदान दिए । विनायकका शिवम पासवानले १ विकेट दिए । 

कान्तिपुर संवाददाता

Link copied successfully