आरुघाटमा भएको भलिबलको उपाधि घले हार्भेस्टिङलाई

महिलातर्फ भने आयोजक आरुघाट युवा क्लब विजयी भएको छ ।

पुस ५, २०८२

हरिराम उप्रेती

Ghale Harvesting wins volleyball title in Arughat

What you should know

गोरखा — आरुघाटमा भएको भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३–१ को सेटले पराजित गर्दै घले हार्भेस्टिङले उपाधि जितेको हो । उपाधि विजेता घले हार्भेस्टिङले दुई लाख १० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता शुक्लागण्डकी नगरपालिकाले एक लाख २५ हजार र तेस्रो बनेको बौद्धकालीका नगरपालिका नवलपुरले ७५ हजार रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै, सान्त्वना बनेको भिमसेन थापा गाउँपालिकाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक आरुघाट युवा क्लबका खेल संयोजक सोभित श्रेष्ठले बताए ।  

Ghale Harvesting wins volleyball title in Arughat

त्यस्तै, महिलातर्फ आरुघाट युवा क्लब (आयोजक) पहिलो बनेको छ । मनास्लु भलिबल ट्रेनिङ सेन्टर काठमाडौंलाई ३–० को सोझो सेटले पराजित गर्दै आरुघाट युवा क्लब विजयी भएको हो । 

Ghale Harvesting wins volleyball title in Arughat

पहिलो बनेको आरुघाट युवा क्लबले एक लाख ६० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको श्रेष्ठले बताए । मनासलु भलिबल ट्रेनिङ सेन्टर काठमाडौं दोस्रो बनेको छ भने पन्द्रुङ युवा क्लब तेस्रो बनेको छ । दोस्रो र तेस्रो बन्ने टिमले क्रमश: १ लाख र ५० हजार  नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । सान्त्वना बनेको जैमिनी गाउँपालिका बागलुङ टिमले भने २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

विविध पुरस्कार पुरुषतर्फ घले हार्भेस्टिङ युवा क्लबका सन्तोष विके उत्कृष्ट खेलाडी बने ।  महिलातर्फ आरुघाट युवा क्लबकी जेनिसा विश्वकर्मा उत्कृष्ट खेलाडी बनेकी छन् । उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशस्तरीय अन्तरपालिका र महिलातर्फ खुल्ला क्लब तथा पालिकास्तरीय प्रतियोगिता भएको उनले बताए । पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमले सहभागिता जनाएका थिए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully