निम्तीलाई दोहोरो उपाधि

निम्ती पहिलो सेट ५–३ र दोस्रो सेट ४–१ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बनिन् । उनले यू–१० को फाइनलमा रजिसा जोशीलाई पराजित गरिन् । उनले ६–१, ६–० को नतिजा निकालिन् ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Double title for Nimti

काठमाडौँ — निम्ती कुँवरले २३ औं जयकर स्मृति जुनियर टेनिस प्रतियोगिताको यू–९ र यू–१० तर्फ उपाधि जितेकी छन् । मण्डिखाटार टेनिस कोर्टमा शनिबार भएको फाइनलमा निम्तीले यू–९ तर्फ अमेरा गुप्तालाई पराजित गरिन् ।

निम्ती पहिलो सेट ५–३ र दोस्रो सेट ४–१ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बनिन् । उनले यू–१० को फाइनलमा रजिसा जोशीलाई पराजित गरिन् । उनले ६–१, ६–० को नतिजा निकालिन् ।

ब्वाइज यू–९ तर्फको उपाधि कयान चालिसेले जितेका छन् । उनले गोलाप्रथाबाट विशेष विजेता हुँदै बाइसाइकल पुरस्कार प्राप्त गरे ।  १० वर्षमुनि ब्वाइजतर्फ सहांश बस्नेत विजयी बने । उनले फाइनलमा विराल अग्रवाललाई ६–३, ७–५ को सेटमा हराए । सारा पन्तले यू–१२ को फाइनलमा इभा खत्रीलाई सोझो सेटमा पराजित गरेर उपाधि जितिन् ।  

Double title for Nimti

कान्तिपुर

Link copied successfully