यो जितपछि डर्टमुन्डको १५ खेलबाट ३२ अंक भएको छ ।
काठमाडौँ — बोरुसिया डर्टमुन्डले जर्मन बुंडेसलिगामा शुक्रबार मोन्चेनग्लाडबाखलाई सजिलै २–० ले हराएर अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि उसको १५ खेलबाट ३२ अंक भएको छ ।
यो शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँग छ अंकको दूरी हो । बायर्न एक खेल कम खेलेर ३८ अंकमा छ । यस्तै आरबी लाइपजिग २९ अंकमा तेस्रो स्थानमा रहेको छ ।
सिगनल इडुना पार्कमा भएको खेलमा डर्टमुन्डका लागि जुलियन ब्रान्डट र म्याक्सिमिलियन बेरले एक एक गोल गरे ।
