इन्टरलाई हराएर बोलोग्ना फाइनलमा

रियादमा भएको खेल निर्धारित समयसम्म १–१ को बराबरीमा रहेको थियो । पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै बोलोग्नाले इटालियन सुपरकपको फाइनल यात्रा तय गरेको हो।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — बोलोग्नाले शुक्रबार इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै इटालियन सुपरकपको फाइनल यात्रा तय गरेको छ । रियादमा भएको खेल निर्धारित समयसम्म १–१ को बराबरीमा रहेको थियो ।

इन्टरले खेलको दोस्रो मिनेटमा मार्कस थुरामको गोलले अग्रता लिएको थियो । इटालियन कप च्याम्पियन रिकार्डो ओसोलिनीले पहिलो हाफमै पेनाल्टीबाट बराबरी गोल फर्काए ।

टाइब्रेकरमा किरो इमोबाइलले निर्णायक गोल गरे । अब सोमबार हुने उपाधिको भिडन्टमा बोलोग्नाले इटालीको सिरी ए च्याम्पियन नेपोलीको सामना गर्नेछ । त्यस अगाडि नेपोलीले एसी मिलानलाई हराएको थियो ।  

कान्तिपुर संवाददाता

Link copied successfully