मिलानलाई हराएर नेपोली फाइनलमा

साउदी अरेबियाको रियादमा भएको सेमिफाइनलमा नेपोलीका लागि डाभिड नेरेसले गोलको खाता खोले ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

Napoli beats Milan to reach final

काठमाडौँ — नेपोलीले बिहीबार एसी मिलानलाई २–० ले पराजित गर्दै इटालियन सुपरकपको फाइनल यात्रा तय गरेको छ । साउदी अरेबियाको रियादमा भएको सेमिफाइनलमा नेपोलीका लागि डाभिड नेरेसले गोलको खाता खोले ।

त्यसपछि रसमस होजल्यान्डले दोस्रो गोल थपे । किंग साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमाथि मिलानले नियन्त्रण राखे पनि त्यसको फाइदा लिन सकेन् ।

फाइनलमा नेपोलीको प्रतिद्वन्द्वी बोलोग्ना र इन्टर मिलानबीच हुने दोस्रो सेमिफाइनलले तय गर्नेछ । फाइनल भने सोमबार हुनेछ । सन् २०१४ यता नेपोलीसामु तेस्रो पल्ट उपाधि जित्ने अवसर रहेको छ ।  

पछिल्लो सप्ताहन्त नेपोली इटालीको सिरी ए मा युडिनेजीसँग पराजित भएको थियो र यससँगै अंक तालिकका तेस्रो स्थानमा पुगेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully