पदकधारी रेनु र प्रशिक्षक नेगी सम्मानित

रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियाली युथ पारा गेम्सअन्तर्गत के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि कांस्य जितेकी थिइन् ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

Medalist Renu and coach Negi honored

काठमाडौँ — काठमाडौं जिल्ला तेक्वान्दो संघले पाँचौं एसियाली युथ पारा गेम्सको तेक्वान्दोमा कांस्य पदक जितेकी रेनु तामाङलाई शुक्रबार १५ हजारसहित सम्मान गरेको छ । उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य भानबहादुर चन्द र रामचन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले सम्मान गरे ।

रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियाली युथ पारा गेम्सअन्तर्गत के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि कांस्य जितेकी थिइन् ।  

कान्तिपुर

Link copied successfully