ललितपुर–१६ लाई भेट्रान टिम उपाधि

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रकाश धाख्वा, राजेन्द्र श्रेष्ठ, रितम शाक्य, सुरज वज्राचार्य र राजु शाक्यको टोलीले ललितपुर–२० का राजीप महर्जन, संघरत्न डंगोल, सुरेश वज्राचार्य, सञ्जय शाक्य र धनबहादुर महर्जनको टिमलाई ३–० ले पराजित गर्‍यो ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

Lalitpur-16 wins Veteran Team title

काठमाडौँ — ललितपुर महानगरपालिका वडा १६ ले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष टिम इभेन्टको उपाधि शुक्रबार जितेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रकाश धाख्वा, राजेन्द्र श्रेष्ठ, रितम शाक्य, सुरज वज्राचार्य र राजु शाक्यको टोलीले ललितपुर–२० का राजीप महर्जन, संघरत्न डंगोल, सुरेश वज्राचार्य, सञ्जय शाक्य र धनबहादुर महर्जनको टिमलाई ३–० ले पराजित गर्‍यो । ललितपुर ९ र ललितपुर ११ तेस्रो बने ।

स्पिन इभेन्ट्सको व्यवस्थापन र स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम दिन शनिबार ५ स्पर्धाको फाइनल हुनेछ ।

पुरुष खुला सिंगल्स ललितपुर १६ का संयोग कपाली र ललितपुर ८ का रुविन महर्जनले फाइनल खेल्नेछन् । महिला सिंगल्समा संखुवासभा–४ की वियंका राई र शिवसताक्षी–८ की इभाना थापा उपाधिका लागि भिड्ने छन् ।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं महानगरपालिका–२६ का चन्दन शाही र ललितपुर–२ का समिप श्रेष्ठ, पुरुष टिम इभेन्टमा ललितपुर ८ र ७ तथा भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा ललितपुर ११ का राजेन्द्र वज्राचार्य र कीर्तिपुर–६ का जयराम महर्जनले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully