जयकर मेमोरियल टेनिस : निम्ती दुई विधाको फाइनलमा

निम्ती यू–९ र यू–१० विधाको उपाधी नजिक पुगेकी हुन् । मन्डिखाटार टेनिस क्लबमा शुक्रबार सेमिफाइनलमा निम्तीले यू–१० मा आमेरा गुप्तालाई सोझो सेटमा ६–०, ६–२ ले हराइन् । यू–९ को फाइनल पुग्ने क्रममा उनले स्वर्णिमा श्रेष्ठलाई हराएकी हुन् ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

Jayakar Memorial Tennis: Nimti in the finals of two disciplines

काठमाडौँ — निम्ती कुँवर जयकर मेमोरियल जुनियर टेनिस प्रतियोगिताको दुई विधाको फाइनलमा पुगेकी छन् ।

निम्ती यू–९ र यू–१० विधाको उपाधी नजिक पुगेकी हुन् । मन्डिखाटार टेनिस क्लबमा शुक्रबार सेमिफाइनलमा निम्तीले यू–१० मा आमेरा गुप्तालाई सोझो सेटमा ६–०, ६–२ ले हराइन् । यू–९ को फाइनल पुग्ने क्रममा उनले स्वर्णिमा श्रेष्ठलाई हराएकी हुन् । निम्तीले यू–१० को उपाधिका लागि राजिसा जोशी र यू–९ को उपाधिका लागि अमिरा गुप्तासँग प्रतिस्पर्धा गर्नेछन् । अमिराले सहारा कायस्थलाई ४–०, ४–२ ले पराजित गर्दै निम्तीसँगको भेट पक्का गर्दा राजिसाले समृद्धि खत्रीलाई हराइन् ।

ब्वाइजतर्फ यू–१२ मा आरित मल्ललाई ७–६ र ६–१ ले पराजित गर्दै आर्यन पौडेल फाइनलमा पुगेका छन् । उनले उपाधिका लागि सभयजंग कार्कीसँग प्रतिस्पर्धा गर्नेछन् । सभयले वेदान्त चालिसेलाई ७–६, ६–३ ले पराजित गरे ।

यू–१० ब्वाइजको उपाधिका लागि वीरल अग्रवाल र सहान्स बस्नेत आमनेसामने हुनेछन् । वीरलले कायान चालिसे र सहान्सले   साबिक पोखरेललाई सोझो सेटमा पराजित गरेका थिए ।

कान्तिपुर

Link copied successfully