इनाभेटिभले जेम्सलाई ३३–३१ स्कोरले पराजित गर्यो । इनोभेटिभका रिजन खनालले १० स्कोर गरे ।
काठमाडौँ — इनोभेटिभ स्कुल दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सेमिफाइनलमा पुगेको छ ।
इनाभेटिभले जेम्सलाई ३३–३१ स्कोरले पराजित गर्यो । इनोभेटिभका रिजन खनालले १० स्कोर गरे ।
अर्को खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको आयोजक मातृभूमि स्कुल ‘ए’ ले प्यारागनलाई ४६–२४ ले पराजित गर्दै समूह ‘ए’ विजेता बन्यो । मातृभूमिका सक्षम महर्जनले १६ स्कोर गरे ।
सेमिफाइनलमा मातृभूमि ‘ए’ को भेट इनोभेटिभसँग हुनेछ । अर्को सेमिफाइनलमा मातृभूमि ‘बी’ ले काठमाडौं वर्ल्ड स्कुलसँग प्रतिस्पर्धा गर्नेछ ।
गर्ल्समा बिहीबारै सेमिफाइनल समीकरण तयार भइसकेको छ । सेमिफाइनलमा काष्ठमण्डप र बौद्ध चिल्ड्रन हेभेन तथा मातृभूमि र चेल्सी वर्ल्डबीच हुनेछ ।
