वीरगन्जमा जारी नेसनल इन्फोटेक अन्तरकलेज २०–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान भएको अर्को खेलमा वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजीलाई ५ विकेटले पराजित गर्दै डेसिमल कलेज विजयी भएको थियो ।
पर्सा — वीरगन्जमा जारी नेसनल इन्फोटेक अन्तरकलेज २०–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा आयोजक नेसनल इन्फोटेकलाई ज्ञानदा एकेडेमी वीरुगन्जले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले १ सय १२ रन बनाएको थियो । मौसम प्रतिकूल भएपछि डीएल प्रक्रिया अनुसार खेलाइएको खेलमा आयोजक नेसनल इन्फोटेक २६ रनले पराजित भएको हो ।
ज्ञानदाले पूरै ओभर खेलेर सात विकेटको पतन पछि १ सय ११ रन बनाएको थियो । उसका लागि ओपनर समिम मियाँ तेली २२, प्रियांस सर्राफले २३ रन, जय सर्राफले १९ र विवेक प्रजापतिले १८ रन जोडेका थिए । नेसनल इन्फोटेकका अभय यादवले २, नीरज पटेल, मोहम्मद जकुल्लाह र धिरेन्द्र पासवानले १/१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गर्दा नेसनल इन्फोटेकले १७ ओभरमा ८ विकेटेको क्षतिमा७२ रन मात्र जोडन सक्यो । उसका सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक १७ रन बनाएका थिए । आयुष सिंह र मोहम्मद मेराजले ११/११ रन जोडेका थिए । ज्ञानदाका रुपेश साह कानुले सर्वाधिक ४, मुना यादव र मोहम्मद सलमानले १/१ विकेट लिए ।
शुक्रबार बिहान भएको अर्को खेलमा वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजीलाई पाँच विकेटले पराजित गर्दै डेसिमल कलेज विजयी भएको थियो ।
