यसअघि नेपाल बंगलादेशसँग ७ विकेट र श्रीलंकासँग ८ विकेट पराजित भएको थियो । नेपाल बाहिरिँदा समूह ‘बी’ बाट श्रीलंका विजेता र बंगलादेश उपविजेताका भएर सेमिफाइनलमा पुगेको छ ।
काठमाडौँ — नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । दुबईमा भइरहेको प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले लगातार तेस्रो हार भोग्यो ।
यसअघि नेपाल बंगलादेशसँग ७ विकेट र श्रीलंकासँग ८ विकेट पराजित भएको थियो । नेपाल बाहिरिँदा समूह ‘बी’ बाट श्रीलंका विजेता र बंगलादेश उपविजेताका भएर सेमिफाइनलमा पुगेको छ । समूह ‘ए’ बाट भारत र पाकिस्तान समूह विजेता र उपविजेता हुँदै अन्तिम चारमा पुग्यो ।
बुधबार नेपालले पहिलो ब्याटिङ गर्दै ४६.४ ओभरमा १ सय २४ रन बनाएको थियो । अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाई १ सय १५ रनको लक्ष्य पूरा गरेको हो । उजेरुल्लाह नियाजाइले ७ चौका र २ छक्कासहित सर्वाधिक ६१ रन बनाए भने ओपनर ओस्मान सादतले २८ रनको योगदान दिएका थिए । नेपालबाट अभिषेक तिवारीले २, विपिन शर्मा र चन्दन रामले १–१ विकेट लिएका थिए ।
टस हारेर ब्याटिङ गरेको नेपालका लागि दिल्साद अलीले ४ चौका प्रहार गर्दै ३२ रन बनाए । चन्दन रामले १ चौका र दुई छक्कासहित २७, अभिषेक तिवारीले तीन चौकासहित २० रन बनाए । १२ रन जोडेका रोहन बिकले एक छक्का प्रहार गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अफगानिस्तानका जैतुल्लाह शाहिनले तीन, सलाम खान अहमदजाइ, अब्दुल अजिज, वाहिदुल्लाह जाद्रान र नुरिस्तानी ओमरजाइले २–२ विकेट लिएका थिए ।
