ग्लोबल छनोटका आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै हुनेछ । अघिल्लो दिनमात्र क्यानले मुख्य प्रशिक्षकमा भारतका हर्शल जयन्त पाठकलाई नियुक्त गरेको थियो ।
काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि भइरहेको बन्द प्रशिक्षणबाट दोस्रो चरणमा खेलाडी छनोट गरेको छ ।
दोस्रो चरणका लागि २० खेलाडी क्याम्पमा छन् । पहिलो चरणको क्याम्पमा रहेका ६ खेलाडी बाहिरिएका छन् । अस्मिना कर्माचार्य, ममता चौधरी, किरण कुँवर, अलिशा यादव, सीमाना केसी र अनु कठायत बाहिरिएका हुन् ।
ग्लोबल छनोटका आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै हुनेछ । अघिल्लो दिनमात्र क्यानले मुख्य प्रशिक्षकमा भारतका हर्शल जयन्त पाठकलाई नियुक्त गरेको थियो ।
दोस्रो चरणको बन्द प्रशिक्षणका लागि इन्दु बर्मा, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचनाकुमारी चौधरी, रुबि पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, सना प्रवीण, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीता रानामगर र काजोल श्रेष्ठ छन् ।