रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि कांस्य जितेकी थिइन् ।
काठमाडौँ — रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदमा तेक्वान्दोबाट कांस्य पदक जितेकी रेनु तामाङलाई बिहीबार १० हजारसहित सम्मान गरेको छ । उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए ।
उनीहरूलाई रिभेराको स्पोर्ट्स मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दीपक विष्ट, स्कुल व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भट्टराई, स्कुल सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठ र प्रिन्सिपल प्रज्ज्वल कोइरालाले सम्मान गरे ।
रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि कांस्य जितेकी थिइन् । रेनु १३ औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । रेनु र नेगी राखेपले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा छन् ।
