सिटी र न्युकासल लिगकपको सेमिफाइनलमा

चेल्सी पनि प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ । उसको प्रतिद्वन्द्वी भने तय हुन बाँकी छ । आर्सनल र क्रिस्टल प्यालेसबीचको खेलले यो समीकरण तय गर्नेछ ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

City and Newcastle in the League Cup semi-finals

काठमाडौँ — म्यानचेस्टर सिटी र न्युकासल युनाइटेडले बुधबार इंग्लिस लिगकपको सेमिफाइनल यात्रा तय गरेका छन् । सिटीले इतिहाडमा भएको खेलमा ब्रेन्टफोर्डलाई २–० ले हरायो ।

सिटीको जितमा यारन चेर्कीले पहिलो गोल गरेपछि साभिओले दोस्रो गोल थपे । न्युकासलले भने फुलहमलाई २–१ ले पराजित गरेको छ । सेन्ट जेम्स पार्कमा लेविस माइलले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे ।

न्युकासलले योना विसाको गोलले सुरुआती अग्रता लिएपछि फुलहमका लागि सासा लुकिचले बराबरी गोल फर्काएका हुन् । अब डिफेन्डिङ च्याम्पियन न्युकासलले अन्तिम चारमा सिटीको सामना गर्नेछ ।

चेल्सी पनि प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ । उसको प्रतिद्वन्द्वी भने तय हुन बाँकी छ । आर्सनल र क्रिस्टल प्यालेसबीचको खेलले यो समीकरण तय गर्नेछ ।

कान्तिपुर

Link copied successfully