काष्ठमण्डप कपमा टीआईए र दीक्षालय च्याम्पियन

फुटसलको जुनियर ब्वाइज यू–१३ मा काष्ठमण्डप, सिनियर ब्वाइजमा वेदव्यास र गर्ल्समा रातो बंगलाले उपाधि जिते ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

TIA and Dikshalay champions in Kasthamandap Cup

काठमाडौँ — टीआईए, दीक्षालय, आयोजक काष्ठमण्डप विद्यालय, वेदव्यास र रातो बंगला तेस्रो काष्ठमण्डप कपमा बुधबार च्याम्पियन बनेका छन् । बास्केटबल ब्वाइजतर्फ टीआईए र गर्ल्समा दीक्षालय विजेता बन्यो ।

फुटसलको जुनियर ब्वाइज यू–१३ मा काष्ठमण्डप, सिनियर ब्वाइजमा वेदव्यास र गर्ल्समा रातो बंगलाले उपाधि जिते ।

बास्केटबलको ब्वाइज फाइनलमा टीआईएले आयोजक मातृभूमिलाई ५८–४३ स्कोरले पराजित गर्‍यो । टीआईएका रोशन नगरकोटीले २९ स्कोर गरे ।

गर्ल्सको फाइनलमा दीक्षालयले काष्ठमण्डपलाई १५–१४ को साँघुरो अन्तरले हरायो । दीक्षलयकी लाक्पा डोमा शेर्पाले ९ स्कोर गरिन् ।

ब्वाइजमा टीआईएका वरदान थापा र गर्ल्समा दीक्षालयकी दीपशिखा गोले तामाङ ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

फुटसलको जुनियर ब्वाइज फाइनलमा काष्ठमण्डपले विद्यावाणी पाठशालालाई ४–१ गोलले पराजित गर्‍यो । काष्ठमण्डपका सुजस्विन ओझाले २, वैभवसिंह भण्डारी र सिद्धार्थ वज्राचार्यले १–१ गोल गरे ।

सिनियर ब्वाइजको फाइनलमा वेदव्यासले मातृभूमिलाई १–० गोलले हरायो । अनमोल न्यौपानेले विजयी गोल गरे । गर्ल्सको फाइनलमा रातो बंगलाले एभीएमलाई १–० ले पराजित गर्दा अदिती रावलले निर्णायक गोल गरिन् ।

जुनियर ब्वाइजमा काष्ठमण्डपका सुजस्विन ओझा, सिनियर ब्वाइजमा वेदव्यासका अनमोल न्यौपाने र गर्ल्समा रातो बंगलाकी सान्भी कार्की उत्कृष्ट खेलाडी चुनिए । जुनियर ब्वाइजमा काष्ठमण्डपका सौर्य गौतम, सिनियर ब्वाइजमा मातृभूमिका रियान महर्जन र सिनियर गर्ल्समा रातो बंगलाकी लिना घिमिरे उत्कृष्ट गोलरक्षक बने ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिका वडा ९ की अध्यक्ष सुमित्रा त्रिपाठी र काष्ठमण्डपकी संस्थापक शिवा थापाले पुरस्कृत गरे ।

कान्तिपुर

Link copied successfully