न्यु होराइजन च्याम्पियन

होराइजनले ५० हजार रुपैयाँ जित्यो । उपविजेतामा लीलारामले २५ हजार रुपैयाँ पायो ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

New Horizons Champion

What you should know

भैरहवा — बुटवलस्थित न्यु होराइजन स्कुलले शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनलमा होराइजनले रूपन्देही लीलाराम न्यौपाने मावि भैरहवालाई ५ रनले पराजित गर्‍यो । होराइजनले ५० हजार रुपैयाँ जित्यो । उपविजेतामा लीलारामले २५ हजार रुपैयाँ पायो । 

टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले ८ विकेट गुमाई ९९ रन बनायो । प्रिन्स पालले ३१ र आरुष अधिकारीले १७ रन जोडे । लीलारामका विक्की मल्लाहले ३, प्रेमसागर यादवले २, कृष्णमोहन कुर्मी र आयन खानले १–१ विकेट लिए ।

जवाफीमा लीलाराम माविले १७.२ ओभरमा ९४ रन जोड्दा अलआउट भयो । होराइजनका अमृत अर्यालले ४, रिजन बुढाथोकीले ३, श्रीयान्स ज्ञवालीले २ र आशराम अलीले १ विकेट लिए । लीलारामका आयन खानले ३४, अजय केवटले २१ र सुनिल यादवले १६ रन बनाए पनि जितलाई पर्याप्त भएन ।

अमृत अर्याल प्लेयर अफ द फाइनल भए । न्यु होराइजनका प्रिन्स पालले प्लेयर अफ द सिरिज भई १० हजार रुपैयाँ प्राप्त गरे । अमरज्योति स्कुलका सम्राट बराल बेस्ट बलर र लुम्बिनी शिक्षा निकेतनका वासुदेव यादव बेस्ट ब्याटर भए । उनीहरूले जनही ५ हजार पुरस्कार पाए । 

होराइजन जीबीएसले फेयर प्ले पायो । पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको प्रतियोगितामा रूपन्देहीका ३० विद्यालय प्रतिस्पर्धी थिए ।

विजेतालाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ, रूपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्ल, सिद्धार्थनगरका जनक थापा, कार्यक्रम संयोजक उदयकुमार मल्लिकलगायतले पुरस्कार प्रदान गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully