एपीएफलाई बराबरीमा रोक्दै इस्ट बंगाल शीर्षमा

नेपाली लिग च्याम्पियन एपीएफ भने ८ अंकमा दोस्रो स्थानमा रह्यो । दुवै टिम यसअघि नै फाइनल पुगिसकेका छन् ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — साफ वुमेन्स क्लब च्याम्पियनसिप २०२५ मा बुधबार इस्ट बंगाल र एपीएफले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलपछि भारतको इस्ट बंगाल १० अंकमा पाँच टिममध्ये शीर्षमा रह्यो ।

नेपाली लिग च्याम्पियन एपीएफ भने ८ अंकमा दोस्रो स्थानमा रह्यो । दुवै टिम यसअघि नै फाइनल पुगिसकेका छन् । 

अब उपाधिको भिडन्त शनिबार हुनेछ । लिग चरणको समाप्तीमा शीर्ष दुई स्थानमा रहने टिम फाइनल पुगेका हुन् ।

यसअघि भएको खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीले १–१ को बराबरी खेले । ट्रान्सपोर्टले पेमा छोडेन छिरिङको गोलको मद्दतले ३८ औं मिनेटमा सुरुआती अग्रता लिएको थियो ।

नसरिनको तर्फबाट शौरभी प्रीतिले ८७ औं मिनेटमा बराबरी गोल फर्काइन् । ट्रान्सपोर्ट ३ अंकमा तेस्रो स्थानमा रह्यो । त्यसपछि कराँची सिटी एफसी र नसरिन २/२ अंकमा रहे ।

कान्तिपुर

Link copied successfully