डेम्बेले पीएसजीका लागि उत्कृष्ट प्रदर्शन गरेका कारण सेप्टेम्बरमा डेलन डे’अर पनि जितेका थिए ।
पीएसजी — पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली खेलाडी ओसमन डेम्बेले मंगलबार कतारमा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट खेलाडी घोषित भएका छन् । महिलातर्फ बार्सिलोनाकी आइटाना बोनमटी उत्कृष्ट खेलाडी रहिन् ।
डेम्बेले पीएसजीका लागि उत्कृष्ट प्रदर्शन गरेका कारण सेप्टेम्बरमा डेलन डे’अर पनि जितेका थिए । पीएसजीले गत सिजन फ्रान्सेली लिग वानसँगै पहिलो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि पनि हात पारेको थियो।
पीएसजीकै प्रशिक्षक लुइस एनरिके आफ्नो विधामा उत्कृष्ट चुनिए । महिलातर्फ बोनमटी लगातार दोस्रो वर्ष फिफाको उत्कृष्ट खेलाडी भइन् । उनले लगातार तेस्रो पटक नै डेलन डे’अर जितेकी थिइन् । उनी युरोकी उत्कृष्ट खेलाडी पनि थिइन् ।
