युनाइटेडको बर्नमाउथसँग बराबरी

ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेड तीन पल्ट अगाडि रहेर पनि खेल जित्न असफल रह्यो ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

United draw with Bournemouth

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार बर्थमाउनसँग ४–४ को रोमाञ्चक बराबरी खेलेको छ ।

ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेड तीन पल्ट अगाडि रहेर पनि खेल जित्न असफल रह्यो ।

बर्नमाउथका लागि एलि जुनियरले अन्तिम तथा बराबरी गोल गरे । यो नतिजापछि युनाइेटड २६ अंकमा छैटौ स्थानमा उक्लेको छ । यो शीर्ष चारबाट दुई अंकको मात्र दुरी हो ।

यो खेल जितेको भए युनाइटेड शीर्ष चारमा प्रवेश गर्न सफल हुने थियो । बर्नमाउथ भने २१ अंकमा १३ औं स्थानमा रह्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully