रोमाको कोमामाथि साँघुरो जित

स्टाडियो ओलम्पिकोमा भएको खेलमा ब्राजिली खेलाडीले ६० औं मिनेटमा गोल गरे ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Roma narrowly beat Coma

काठमाडौँ — वेल्सी फ्रान्काले गरेको एक मात्र निर्णायक गोलको मदतले एएस रोमाले इटालीको सिरी ए मा सोमबार कोमामाथि १–० को साँघुरो जित हात पारेको छ ।

स्टाडियो ओलम्पिकोमा भएको खेलमा ब्राजिली खेलाडीले ६० औं मिनेटमा गोल गरे ।

यो जितपछि रोमा फेरि उपाधि होडमा सामेल भएको छ । उसको १५ खेलबाट ३० अंक भएको छ र चौथो स्थानमा छ । यो शीर्षमा रहेको इन्टर मिलानसँग तीन अंकको दूरी हो ।

यस्तोमा यसपल्टको लिग उपाधिको होड रोमाञ्चक हुने निश्चित भएको छ । लिग तालिकामा इन्टरको ३३, एसी मिलानको ३२ र नेपोलीको ३१ अंक रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully