काष्ठमण्डप र दीक्षालय फाइनल भिड्ने

घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले इम्पेरियल वर्ल्डलाई ३३–७ र दीक्षालयले मातृभूमिलाई १९–१३ स्कोरले पराजित गरे ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Kasthamandap and Dikshalay to face each other in the final

काठमाडौँ — आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ र दीक्षालय तेस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गर्ल्सततर्फ फाइनलमा पुगेका छन् ।

घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले इम्पेरियल वर्ल्डलाई ३३–७ र दीक्षालयले मातृभूमिलाई १९–१३ स्कोरले पराजित गरे । ब्वाइजमा टीआईएले बूढानीलकण्ठलाई ४४–२० र मातृभूमिले मल्पी सिटीलाई ६०–३७ ले हराएर उपाधि भिडन्त पक्का गरे ।

त्यस्तै, फुटसलको सिनियर ब्वाइजमा मातृभूमि फाइनलमा पुगेको छ । सेमिफाइनलमा मातृभूमिले द एक्सेल्सियर स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । फाइनलमा मातृभूमिको भेट वेदव्याससँग हुनेछ ।

जुनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ र विद्यावाणी पाठशाला फाइनलमा पुगे । काष्ठमण्डप ‘ए’ ले पुष्पाञ्जलीलाई ३–० र विद्यावाणीले एक्सेल्सियरलाई १–० गोलले हराए । सिनियर गर्ल्समा रातो बंगला र एभीएम उपाधिका लागि भिड्ने छन् ।

कान्तिपुर

Link copied successfully