क्यानोइङका दुई खेलाडीको बिदाइ

प्रतियोगितामा कृष्ण खड्का र रञ्जन कँडेलले प्रतिस्पर्धा गर्नेछन् ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Farewell to two canoeing athletes

काठमाडौँ — चीनमा यही डिसेम्बर १६ देखि २२ सम्म हुने चाइना नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् ।

प्रतियोगितामा कृष्ण खड्का र रञ्जन कँडेलले प्रतिस्पर्धा गर्नेछन् । उनीहरूसँगै अफिसियलमा सूर्यप्रसाद जोशी र महेश खड्का पनि युनान प्रान्तको नु जियाङ गएका छन् ।

नेपाली क्यानोइङ तथा कायक टोलीलाई मंगलबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले बिदाइ गरेका थिए ।

कान्तिपुर

Link copied successfully