बास्केटबलमा चेल्सीको दोहोरो जित

पहिलो खेलमा चेल्सीले केएमसीलाई ३२–१८ स्कोरले पराजित गर्‍यो । चेल्सीको जितमा तेन्जिङ कुसाङ शेर्पाले १४ स्कोर गरिन् ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Chelsea's double win in basketball

काठमाडौँ — चेल्सी वर्ल्ड स्कुलले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । चेल्सीले दुवै जित गर्ल्सतर्फ पाएको हो ।

पहिलो खेलमा चेल्सीले केएमसीलाई ३२–१८ स्कोरले पराजित गर्‍यो । चेल्सीको जितमा तेन्जिङ कुसाङ शेर्पाले १४ स्कोर गरिन् । अर्को खेलमा तेन्जिङकै २० स्कोर चेल्सीले बौद्ध चिल्ड्रेन हेभेन स्कुललाई ३४–२७ ले हरायो ।

गर्ल्समै बौद्ध चिल्ड्रेनले बौद्ध स्कुललाई ४१–१७ ले हराउँदा विजेताकी जस्मिनले ८ स्कोर गरिन् ।

ब्वाइजमा आयोजक मातृभूमि ‘बी’ ले बौद्धलाई ५५–४५ र काठमाडौं वर्ल्डले प्यारागन पब्लिकलाई ४२–२३ स्कोरले पन्छाए । मातृभूमि ‘बी’ का प्रयास ढकालले १८ र काठमाडौं वर्ल्डका खैङ लिनले १४ स्कोर गरे ।

कान्तिपुर

Link copied successfully