भ्याली, टीआईए र गोल्डेनपिक बास्केटबल च्याम्पियन

भ्याली पब्लिक सिनियर गर्ल्स, टीआईए सिनियर ब्वाइज र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन भए ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Valley, TIA and GoldenPick basketball champions

What you should know

काठमाडौँ — आयोजक भ्याली पब्लिक, टीआईए र गोल्डेनपिकले १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

भ्याली पब्लिक सिनियर गर्ल्स, टीआईए सिनियर ब्वाइज र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन भए । सोमबार घरेलु कोर्टमा भएको सिनियर गर्ल्सको फाइनलमा भ्याली पब्लिकले न्युटनलाई ५२–२७ स्कोरले पराजित गर्‍यो । भ्यालीकी लोरिसा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै ३० स्कार जोडिन् । केभीकेएसएस तेस्रो भयो ।

सिनियर ब्वाइजको फाइनलमा टीआईएले न्युटनलाई ४९–३९ ले पराजित गर्दा रोशन नगरकोटीले १७ स्कोर गरे । हेम्स तेस्रो भयो ।

गोल्डेनपिकले एन्जल्स हार्टलाई २९–२७ को साँघुरो अन्तरले हराएर जुनियर ब्वाइजको उपाधि जित्यो । गोल्डेनपिकका अग्रज राईले १६ स्कोर जोडे । लालीगुराँस नेसनल एकेडेमी तेस्रो स्थानमा रह्यो । तीनै विधामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

Valley, TIA and GoldenPick basketball championsसिनियर ब्वाइजमा टीआईएका आविष्कार रोक्का, जुनियर ब्वाइजमा गोल्डेनपिकका अभिराज सिंह र गर्ल्समा भ्याली पब्लिककी लोरिसा गौचन ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा न्युटनका अनिश गुरुङ, जुनियर ब्वायजमा लालीगुराासका सुवास शाही र सिनियर गर्ल्समा न्युटनकी दिप्सना ठकुरीसर्वाधिक स्कोरकर्ता बने ।

सिनियर ब्वाइजमा हेम्सका आयुश रावल, जुनियर ब्वाइजमा एन्जल्स हार्टका रियान केसी र सिनियर गर्ल्समा केभीकेएसएसकी मुस्कान लिम्बू उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा रेडियन्ट रिडर्स, जुनियर ब्वाइजमा तेजस्वी एकेडेमी र सिनियर गर्ल्समा नेक्ससले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई केन्द्रीय प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगाना, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल एवं प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी संस्थापक सुनीता अधिकारीलगायतले पुरस्कृत गरे ।

कान्तिपुर

Link copied successfully