यू–१९ एसिया कप: बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

बंगलादेशले टस जित्दै आफूले फिल्डिङ रोजेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

U-19 Asia Cup: Nepal batting against Bangladesh

काठमाडौँ — एसीसी अन्डर नाइन्टिन एसिया कप अन्तर्गत आज नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

बंगलादेश यू–१९ टिमले टस जित्दै आफूले फिल्डिङ रोजेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

दुबईमा जारी प्रतियोगितामा पहिलो खेल श्रीलंकासँग ८ विकेटले पराजित भएको नेपाल आजको खेलमा कमब्याक गर्न चाहन्छ । 

समूह ‘बी’मा नेपालले तेस्रो खेल भने अफगानिस्तानसँग बुधबार समूहचरणको अन्तिम खेल खेल्नेछ । 

नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । श्रीलंका र बंगलादेशले एक एक खेल जितेका छन् भने नेपाल र अफगानिस्तान जितविहीन छन् । यही समूहमा अहिले अफगानिस्तान र श्रीलंकाबीच खेल जारी छ । 

यता समूह ए मा दुई जितसहित ४ अंकका साथ भारत यू–१९ शीर्षस्थानमा छ । पाकिस्तान र यूएई एक/एक जितसहित २/२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् भने मलेसिया अंकविहीन छ । 

कान्तिपुर संवाददाता

Link copied successfully