यो जितले रियलको १७ खेलबाट ३९ अंक भएको छ र दोस्रोमा छ ।
काठमाडौँ — केयलिन एमबापे र रोड्रिगोको गोलको मदतले रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा एलाभेसलाई २–१ ले हराएको छ ।
आफ्ना पछिल्ला नौ खेलमा रियलको यो तेस्रो जित मात्रै हो । यसले प्रशिक्षक ज्याभी एलोन्सलाई राहत दिनेछ ।
एमबापले पहिलो हाफमा गोल गरेपछि एलाभेसका लागि कार्लोस भिन्सेन्टले बराबरी गोल फर्काएका थिए । यस्तोमा रोड्रिगाले ७६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
यो जितले रियलको १७ खेलबाट ३९ अंक भएको छ र दोस्रोमा छ । बार्सिलोना भने ४३ अंकमा शीर्ष स्थानमा छ ।
अन्य खेलमा सेभियाले रियल ओभिएडोलाई ४–० र सेल्टा भिगोले एथलेटिको बिलबाओलाई २–० ले हराएको छ ।
