सिटीको १६ खेलबाट ३४ अंक भएको छ । यो शीर्षमा रहेको आर्सनलसँग दुई अंकको दूरी हो ।
काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसको चुनौती ३–० ले पन्छाएर आफूलाई उपाधि होडमा कायम राखेको छ ।
सिटीको १६ खेलबाट ३४ अंक भएको छ । यो शीर्षमा रहेको आर्सनलसँग दुई अंकको दूरी हो ।
सेलहर्स्ट पार्कमा सिटीका लागि इर्लिङ हालान्डले दुई गोल गरे भने एक गोल फिल फोडेनको नाममा रह्यो ।
आइतबारका अन्य खेलमा नटिंघम फरेस्टले टोटनहमलाई ३–०, सन्डरल्यान्डले न्युकासल युनाइटेडलाई १–० र एस्टन भिल्लाले वेस्ट ह्यामलाई ३–२ ले हरायो । ब्रेन्टफोर्ड र लिड्स युनाइटेडले १–१ को बराबरी खेले ।
