अन्तरवडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि

प्रतियोगितामा पुरुष/महिला सिंगल्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Inter-ward National Table Tennis Tournament from Tuesday

काठमाडौँ — स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सुमन शाक्यले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराए । 

३ स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । प्रतियोगितामा ४ सय ५० खेलाडीको सहभागिता रहने जानकारी दिइयो । प्रतियोगितालाई अनरले मुख्य प्रायोजन गर्ने भएको छ भने एनआईईसी कन्सल्टेन्सी र एभरेस्ट फेसनले सहप्रायोजन गर्ने भएका छन् । पत्रकार सम्मेलनमा सोसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गरिएको थियो ।

पदक संख्याका आधारमा १ वडालाई टिम च्याम्पियन घोषणा गरिनेछ । पाँचदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइनेछ ।

कान्तिपुर

Link copied successfully