यससँगै बार्सिलोनाको १७ खेलबाट ४३ अंक भएको छ । रियल म्याड्रिड एक खेल कम खेलेर ३६ अंकमा रहेको छ ।
काठमाडौँ — राफिन्हाको दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार ओसासुनामाथि २–० को जित निकालेको छ र यससँगै शीर्ष स्थानमा सात अंकको अग्रता खोलेको छ ।
ब्राजिली विन्गरले ७० र ८६ औं मिनेटमा गोल गरे । यससँगै बार्सिलोनाको १७ खेलबाट ४३ अंक भएको छ । रियल म्याड्रिड एक खेल कम खेलेर ३६ अंकमा रहेको छ ।
एटलेटिको म्याड्रिडले अर्को खेलमा भ्यालेन्सियालाई २–१ ले हरायो र ३४ अंकमा चौथो स्थानमा रह्यो ।
यस्तै इस्पनयोलले गेटाफेलाई १–० र रियल मार्लोकाले इल्चेलाई ३–१ ले पराजित गर्यो । इस्पनयोल भने ३० अंकमा चौथो स्थानमा रहेको छ ।
