एनपीएल : ब्याटरमा रोहित, बलरमा सन्दीप र उदीयमान खेलाडीमा शेर

यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

NPL: Rohit as a batter, Sandeep as a bowler, and Sher as an emerging player

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार उत्कृष्ट ब्याटरका रूपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् ।  उनले यो सिजनमा २७६ रन बनाएका छन् ।

यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उनको नेतृत्वमा विराटनगरले प्ले अफको यात्रा तय गरेको थियो । विराटनगर क्वालिफायर टुसम्म पुगेको थियो ।  

उदीयमान खेलाडी भने लुम्बिनी लायन्सका शेर मल्ल चुनिए । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उत्कृष्ट तीनै जनाले पुरस्कारका रूपमा बाइक पाए । 

कान्तिपुर

Link copied successfully