प्रतियोगिताको सिनियर पुरुषतर्फ निरज मल्ल विजेता बनेका छन् भने नविन पुन दोस्रो र सुशील श्रेष्ठ तेस्रो भए। सिनियर महिलातर्फ जेनिशा श्रेष्ठ प्रथम, सपना श्रेष्ठ दोस्रो र वर्षा रोका तेस्रो बनेकी छिन्।
रुकुम पूर्व — सदरमुकाम रूकुमकोटमा इन्डोर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताका सबै खेल शनिबार सम्पन्न भएका हुन् ।
प्रतियोगिताको सिनियर पुरुषतर्फ निरज मल्ल विजेता बनेका छन् भने नविन पुन दोस्रो र सुशील श्रेष्ठ तेस्रो भए। सिनियर महिलातर्फ जेनिशा श्रेष्ठ प्रथम, सपना श्रेष्ठ दोस्रो र वर्षा रोका तेस्रो बनेकी छिन्। पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रोले ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको जुनियर पुरुषतर्फ क्रिसविक्रम विजेता, जेनिश श्रेष्ठ दोस्रो र मिकल नेपाली तेस्रो भए । जुनियर महिलातर्फ युनिका विके विजेता, आयुष्मा रोका दोस्रो र सुइसान्मी रोका तेस्रो बनेकी छन् । विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् |
युवामाझ लोकप्रिय स्केटिङ खेलको विकास, प्रवर्द्धन तथा व्यावसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिता आवश्यक रहेको संघका अध्यक्ष अचुत खनालले जानकारी दिए ।
