केभीआर समिट च्यालेन्जसमा युगल र सान्या विजयी

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फका विजेता युगलले दुई घन्टा ५७ मिनेट ४७ सकेन्ड समय लगाए ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

Dugal and Sanya win at KVR Summit Challenges

काठमाडौँ — केभीआर समीट च्यालेन्ज तेस्रो संस्करणको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन पहिलो भएका छन् ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता युगलले दुई घन्टा ५७ मिनेट ४७ सकेन्ड समय लगाए ।

नेपालकै हरेन्द्र के चौधरी र दीपक तामाङ दोस्रो र तेस्रो स्थानमा रहे । हरेन्द्रले तीन घन्टा सात मिनेट४३ सकेन्ड तथा दिपकले तीन घन्टा २१ मिनेट २३ सकेन्डमा दौड पूरा गरे ।

महिलातर्फ सान्याले तीन घन्टा ३९ मिनेट र २४ सकेन्ड समय लगाइन् । स्टेन हेजलवर्ग र सोफी स्टाइनर दोस्रो र तेस्रो स्थानमा रहे । १० किलोमिटर दौडमा पुरुषतर्फ सलमान शेख (१ः१८.४८ सकेन्ड) पहिलो, पेम्बा छिरिङ लामा (१ः२२.५२ सकेन्ड) दोस्रो र पुस्कर धामी (१ः३१.२२ सकेन्ड) तेस्रो भए ।

महिलातर्फ सितु लामा (१ः४०.३५ सकेन्ड), क्लारा बर्गगारेन (१ः४६.४९ सकेन्ड) दोस्रो र कामाल्या लि (२ः०१.२५ सकेन्ड) शीर्ष तीन स्थानमा रहेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully