भिल्लाको जितको लय कायम

भिल्लाको जितमा योरी टेलेमन्सले निर्णायक गोल गरे । प्रतियोगिताको लिग चरणका छ खेलमध्ये भिल्ला पाँचमा विजयी रहेको छ र १५ अंकमा तेस्रो स्थानमा छ ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Villa's winning streak continues

काठमाडौँ — एस्टन भिल्लाले बिहीबार युरोपा लिगमा बासेललाई २–१ ले पराजित गरेको छ । सबै खाले प्रतियोगितामा गरेर भिल्लाको यो लगातार आठौं जित हो । नटिङघम फरेस्टले पनि एफसी उतरेट्चलाई २–१ ले हरायो ।

सेल्टिक भने एएस रोमाको हातबाट ३–० ले पराजित रह्यो । भिल्लाको जितमा योरी टेलेमन्सले निर्णायक गोल गरे । प्रतियोगिताको लिग चरणका छ खेलमध्ये भिल्ला पाँचमा विजयी रहेको छ र १५ अंकमा तेस्रो स्थानमा छ ।

यस्तै सबै प्रतियोगिताका १६ खेलमध्ये भिल्ला १४ मा जित निकाल्न सफल रहेको छ । अंक तालिकाको शीर्षमा रहेको लियोनले भने गो अहेड इगल्सलाई २–१ कै गोल अन्तरले पराजित गर्‍यो । लियोनको पनि १५ अंक रहेको छ । 

कान्तिपुर

Link copied successfully